ग्राण्डीको लापरबाहिले नुवाकोटका दोर्जेले नवजात शिशु गुमाए

विदुर खबर २०७६ साउन २२ गते ८:४४

Timure Yatayat Busनुवाकोट, काठमाण्डौको टोखामा रहेको ग्राण्डी हस्पिटलमा डाक्टरहरूको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको छ ।

Advertisement

स्थायी घर नुवाकोट भई हाल मकाउमा व्यवसाय गरी रहेका दोर्जे तामाङको एक नवजात शिशुको श्रावण ६ गते मृत्यु भएको हो। भने अर्को शिशुको पनि उपचारमा लापरबाही भई शरीरका अङ्ग नै गुमाउनु पर्ने अवस्थामा छाडेको थियो। दोर्जे तामाङको श्रीमती निशा तामाङ गर्भवती भए देखि नै नाम चलेको हस्पिटल भएका कारण ग्राण्डीमा चेक जाँच गराउँदै आएको र असार २० गते ग्राण्डीमा नै बच्चालाई जन्म दिएका थिए । जुम्ल्याहा छोरीहरू जन्मेपछि हस्पिटलको विश्वासमा उपचार गराई रहेका शिशुहरूको अचानक स्वास्थ्य प्रतिकुल भएको जानकारी अस्पतालले दियो । तत् पश्चात् १ को मृत्यु भएको थियो भने अर्को शिशुको हातमा इन्फेक्सन भएर पीप जमी सक्दा पनि उपचारमा ढिलाइ गरेका कारण शिशुका बाबुले तत्काल ग्राण्डी हस्पिटलबाट शिशुलाई निकालेर ईशान हस्पिटल वसुन्धरामा लगेका थिए ।

 

Advertisement

ईशान हस्पिटलका डाक्टरहरूको सफल अप्रेसनका कारण शिशुको पीप जमेर इन्फेक्सन भएको हात काट्नु नपर्ने भएको छ। ग्राण्डीमा उपचारका क्रममा ६ लाख भन्दा बढी खर्च भएको र छोरी गुमाउनु परेकोमा मृतकका बाबु आमा एकदमै दुखी भएका छन्। शिशुका बाबु भन्छन ‘यदि अर्को शिशु पनि ग्राण्डीमा नै राखेको भए गुमाउनु पर्ने अवस्था आउने रहेछ ।’ बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गर्दै दोशिलाई कारवाहिको माग गरेका छन ।

प्रतिक्रिया