पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
नुवाकोट, नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार राती १२ बजेबाट नै बढाइएको मूल्य दर लागू हुने उल्लेख गरेको छ। निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ।
यो सँगै अब पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ। हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५/०७६ मा एलपी ग्यासमा ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको थियो।तर ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँ कम भएको छ। अब ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ। मूल्य समायोजन गरे पश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जानकारी दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया