पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
नुवाकोट, नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार राती १२ बजेबाट नै बढाइएको मूल्य दर लागू हुने उल्लेख गरेको छ। निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ।
यो सँगै अब पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ। हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५/०७६ मा एलपी ग्यासमा ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको थियो।तर ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँ कम भएको छ। अब ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ। मूल्य समायोजन गरे पश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जानकारी दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया