नुवाकोटको धरोहर सात तले दरबारको पुननिर्माण तिब्र गतिमा
नुवाकोट, नुवाकोटको ऐतिहासिक धरोहर सात तले दरबारको पुननिर्माण तिब्र गतिमा भईरहेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको दरबारसहित त्यस परिसरमा रहेका पुरातात्विक एंव धार्मिक सम्पदाको पुर्ननिर्माण भईरहेको हो ।
२०७२ सालको भुकम्पले धेरै जनधनको क्षति मात्र होइन धेरै पुरातात्विक सम्पदाहरुलाई पनि क्षतिग्रस्त बनाएको थियो । कति सम्पदाहरु पुननिर्माणले फेरी उठ्दैछन् त कति अझै पुननिर्माणको आँखामा पर्न सकेका छैनन् । यसै क्रममा नुवाकोटको ऐतिहासिक धरोहर साततले दरबारको पुननिर्माण पनि तिब्र गतिमा भईरहेको छ । दरबार सहित त्यस परिसरमा रहेका विभिन्न धार्मिक सम्पदा र ऐतिहासिक संरचनाको पुर्ननिर्माण तीन चरणमा पुर्ननिर्माण गर्ने लक्ष्य अनुसार पहिलो चरणको ४५ महिनाको कार्यक्रम अन्तरगत दरबार र तुलजा भवानी मन्दिरको पुर्ननिर्माण गर्न लागिएको छ ।
चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि चिनियाँ प्राविधिकको नेतृत्वमा नेपाली कामदार परिचालन गरी पुननिर्माण शूरु गरिएको थियो । पुर्ननिर्माण अन्तरगत अहिलेको बर्षामा थप क्षति पुग्न नदिन साततले दरबार र तुलजा भवानी मन्दिरमा ओत लगाउने कार्य भइरहेको छ ।
पर्यटकीय गन्तब्यको प्रचुर सम्भावना बोकेको नुवाकोटको साततले दरबार लगायत आसपास रहेको पुरातात्विक सम्पदाको पुरानै शैलीमा पु्ननिर्माण हुने भएपछि स्थानीयहरु ह्र्षित भएका छन् । मल्लकालीन समयमा निर्माण गरिएको तुलजा भवानीको मन्दिर र नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि बिजयी गरे पश्चात निर्माण गर्न लगाएको नुवाकोट दरबार नेपालका महत्वपुर्ण पुरातात्विक सम्पदाहरुमा पर्दछ । यी सम्पदाहरु लगायत आसपासको क्षेत्रका धार्मिक तथा साँस्कृतिक सम्पदालाई २०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति पु¥याएको थियो । क्षतिग्रस्त संरचना मध्ये भैरवी देवीको मन्दिरको पुरातत्व विभाग मार्फत निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया