प्रदेश ३ मा विषादी अवशेष प्रयोगशाला

विदुर खबर २०७६ साउन २१ गते ७:१०

Timure Yatayat Busनुवाकोट, देश नं ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला शुरु गरेको छ ।

Advertisement

प्रयोगशालाको  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर कृषि उपजको आयात रोक्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको पाँच खम्बे अर्थ नीति मध्ये कृषि सबैभन्दा महत्वपूर्ण रहेको धारणा राख्नुभयोे । प्रदेश सरकारले पाँच जिल्लामा प्रतिगोटा रु ३६ लाखको लगानीमा विषादी अवशेष प्रयोगशाला र प्रति प्रयोगशाला रु ३२ लाखको लागतमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको हो । यसबाहेक  १२ हजार कृषक परिवारलाई लाभान्वित गराउने गरी रु ८० लाखको लागतमा घुम्ती माटो परीक्षण प्रयोगशालासमेत शुरु गरिएको छ । दैनिक उपभोग्य कृषि उपजको उत्पादनमा विषादीको प्रयोग बढ्दै जाँदा उत्पादक, उपभोक्ता तथा समग्र वातावरणमा नकारात्मक प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रयोगशाला सञ्चालन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आव २०७५÷७६ मा नीति तथा कार्यक्रममा समावेश विषादी परीक्षण प्रयोगशाला स्थापना र सञ्चालनको कार्यान्वयन गर्न “विषादी अवशेष द्रुत विष्लेषण कार्याविधि, २०७५” स्वीकृत गरेको थियो । प्रदेश सरकारको पाँच जिल्लामा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्ने योजनाअनुसार माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा, मकवानपुर, चितवन, ललितपुर, काभ्रे र नुवाकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको हो । प्रयोगशालालाई व्यवस्थित र चुस्त राख्न प्रत्येक कार्यालयका तीन÷तीन जना प्राविधिकलाई तालीमसमेत उपलब्ध गराइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले चाँडै नै युवा कृषि स्वयम्सेवक नियुक्त गरी प्रत्येक कार्यालयमा दुई÷दुई जना परिचालन गरिने छ । गदालका अनुसार प्रयोगशालामा आधुनिक र सुरक्षित उपकरण जडान गरिएका छन् ।

Advertisement

प्रयोगशालाले प्रति घण्टा ३० वटा तरकारी तथा फलफूलहरुका नमूना परीक्षण गरी प्रतिवेदन दिन सक्नेछ । परीक्षण निःशुल्क हुने उहाँले बताउनुभयो । त्यस्तै माटोको परीक्षण गर्न खैरहनी नगरपालिका चितवन, विदुर नगरपालिका नुवाकोट, पाँचखाल नगरपालिका काभ्रे, मकवानपुरगढी गाउँपालिका मकवानपुर र सिद्धलेक गाउँपालिका धादिङमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । नेपालमा व्यावसायिक उत्पादन क्षेत्रको माटोमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपना बढीलगायत अन्य समस्या बढेको पाइएकाले वस्तुस्थितिको पहिचान गरेर माटोको उपचार गरी उत्पादन वृद्धि गराउन माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको मन्त्रालयका प्रवक्ता गदालले बताउनुभयो । मन्त्रालयले आजैबाट पशु एम्बुलेन्सको समेत शुरुआत गरेको छ ।

प्रतिक्रिया