गोसाइँकुण्ड मेला सोमबारदेखि सुरु, तीर्थयात्री आउने क्रम सुरु
रसुवा , जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सोमबारदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।
यसपटक सडक खण्ड अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएको र कम वर्षा भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गएको वर्ष करिब १७ हजार तीर्थयात्रीले मेला भरेका थिए ।
धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डौ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री आएका समितिले जनाएको छ । अनुमानको भरमा तीर्थयात्री आएको बताइँदै आए पनि गएको वर्षदेखि नेपाली सेनाले तथ्याङ्क लिन थालेको छ ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष सन्जीव डीएमले बताउनुभयो । उहाँका अनुसार पदमार्गको मर्मत, सरसफाइ गर्ने तथा झाडी फडानी गर्ने कार्य गरिएको छ । धुन्चे गोसाइँकुण्ड पदमार्गको घट्टेखोलादेखि गोसाइँकुण्डसम्म २० वटा अस्थायी शौचालय निर्माण गरिँदै छ ।
व्यवसायीले अस्थायी थर्पुको निर्माण कार्य गरिरहेका छन् । पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर भगवान शिवले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरा गरी वर्षको २ पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया