हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो सार्वजनिक
विदुर खबर
२०७६ साउन २० गते ७:४५

नुवाकोट, नुवाकोटका लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा सङ्गीत गायक पाण्डे र संगम थापाको रहेको छ भने पाण्डेलाई स्वरमा गायिका पार्वती कार्कीले साथ दिएकी छिन् । माया प्रितीका भावहरु समेटिएको लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक पाण्डेले बताएका छन् ।
मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन दिनेश शिवाकोटीले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागर र सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् । भिडियोमा पुरुषोत्तम दाहाल र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया