हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो सार्वजनिक
विदुर खबर
२०७६ साउन २० गते ७:४५
नुवाकोट, नुवाकोटका लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा सङ्गीत गायक पाण्डे र संगम थापाको रहेको छ भने पाण्डेलाई स्वरमा गायिका पार्वती कार्कीले साथ दिएकी छिन् । माया प्रितीका भावहरु समेटिएको लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक पाण्डेले बताएका छन् ।
मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन दिनेश शिवाकोटीले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागर र सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् । भिडियोमा पुरुषोत्तम दाहाल र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया