चार लाख २४ हजार घरको पुनःनिर्माण सम्पन्न
नुवाकोट ,विस २०७२ वैशाख १२ गते र त्यसपछिका परकम्पबाट प्रभावित चार लाख २४ हजार ९ सय ७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् ।
थप दुई लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनःनिर्माण भइरहेका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल छ लाख ४४ हजार २९१ घर पुनःनिर्माणको प्रक्रियामा रहेका प्राधिकरणले जनाएको छ । जुन पुनःनिर्माण गर्नुपर्ने घरको सङ्ख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको कूल सङ्ख्या सात लाख ७३ हजार ४४७ छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनःनिर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभएको छ । गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आवमा पनि काम हुने र अरू सबै यही आवमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने पाँच लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको सङ्ख्या चार लाख ७४ हजार ११९ छ ।
आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार पुनःनिर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनःनिर्माण भएका छन् । त्यसैगरी दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनःनिर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनःनिर्माण भइसकेका छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनःनिर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनःनिर्माण भएका छन् । त्यस्तै निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया शुरु भएको छ । विस २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने लाभग्राही सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करीब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या साढे पाँच हजार छ । –––
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया