रसुवागढी हाइड्रोपावरको शेयर खातामा,अर्को सातादेखि कारोबार गर्न पाईने

विदुर खबर २०७६ साउन १८ गते १६:१५

Timure Yatayat Busनुवाकोट, रसुवागढी हाइड्रोपावर लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ ।

Advertisement

सिडीएससीमा शेयर सूचीकरणको प्रक्रिया सकिएपछि  बिहिबार देखि शेयर डिम्याट खातामा आउँन थालेको हो । आयोजनाका प्रमुख छवि गैरेले सिडीएस तर्फको शेयर सूचीकरण प्रक्रिया सकिएको र अब नेप्से तर्फको केहि काम बाँकि रहेको  जानकारी दिए । उनका अनुसार नेप्सेतर्फको काम पनि १-२ दिन मै सकिने भएकोले लगानीकर्ताले अर्को साता देखि कम्पनीको शेयर कारोबार गर्न पाउने छन् ।

त्यस्तै सान्जेंन जलविद्युत कम्पनीको शेयरको सूचीकरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको कम्पनीका सीइओ किरण कुमार श्रेष्ठले बताएका छन् । उनले सान्जेनको शेयर पनि छिट्टै लगानीकर्ताको डिम्याट खातामा आउने बताए । उनका अनुसार सिडीएससंग शेयर सूचीकरणको लागि सम्झौता भई सकेको छ भने नेप्सेसँग अर्को साता सम्झौता हुनेछ ।

Advertisement

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए ।

प्रतिक्रिया