‘प्रसस्त पानी पिउनुस् मृगौला जोगाउनुस्’

विदुर खबर २०७४ फागुन २५ गते १०:३३

मृगौला रोग ठूलो चुनौतीको रुपमा देखापरेको छ । दिनदिनै मृगौला रोगीको संख्या बढ्दो छ । मृगौलामा कसरी समस्या पैदा हुन्छ, त्यसको निदान के हुनसक्छ भन्ने विषयमा केन्दि्रत रहेर अनलाइनखबरकर्मी ऋचा अर्यालले मृगौला रोग विशेषज्ञ डा. रजनी हाडासँग छोटो वार्ता ।

Advertisement

सामान्य अवस्थामा मृगौलाको परीक्षण आवश्यक हुन्छ ?

सामान्य अवस्थामा पनि मृगौलाको परीक्षण गर्नु भनेको संभावित खतराबाट बच्नु हो । यसरी परीक्षण गर्दा मिर्गौंको अवस्थाबारे जानकारी हुन्छ, जसले गर्दा रोग लाग्ने संभावना नरहन सक्छ । हुन त मृगौला परीक्षण नै भनेर गर्ने गरिएको छैन । यद्यपी प्रत्येक एक देखि डेढ वर्षमा चाहिं म मृगौला, पिसाब तथा रगतको परीक्षण गर्नु राम्रो हो ।

Advertisement

मृगौलालाई स्वस्थ राख्न के के कुरामा ध्यान दिनु हुन्छ ?

मृगौलालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन जरुरी छ । पर्याप्त मात्रामा पानीको सेवनले पिसाबाको संक्रमण हँुदैन र मृगौलामा पथ्थरी हुन दिदैन । त्यसबाहेक, पर्याप्त मात्रामा पानीको सेवनले शरीरलाई अन्य रोगबाट बचाउन समेत मद्दत गर्ने हुँदा एउटा सामान्य मानिसले पनि दिनमा कम्तीमा ३ देखि ४ लिटरसम्म पानीको सेवन गर्न जरुरी छ ।

Advertisement

पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा पानीको कमी हुँदैन र मृगौलाले राम्ररी पानी फाल्न सक्छ । तर पानी खाने भन्दैमा मृगौलाका रोगीले आवश्यक्ता भन्दा पानीको सेवन गर्नु हानीकारण हुनसक्छ । अझ विशेषगरी मृगौला रोगका कारण जीउ सुन्निएको अवस्थामा धेरै पानी पिउनुहुँदैन ।

कतिले नबुझेर दैनिक ८ देखि १० लिटर सम्म पानीको सेवन गर्ने गर्छन् । अत्याधिक मात्रामा पानीको सेवनले पनि शरीरमा विभिन्न किसिमका रोग निम्तने हुदाँ यसबारे विशेष ध्यान दिनु पर्छ ।

तपाईको कुरा गर्दा तपाई दिनमा कति लिटर पानी पिउनुहुन्छ ?

पानीकेा कुरा गर्दा म नापेरै त पानी पिउने गरेको छैन । तर मृगौलालाई स्वस्थ राख्न मृगौलाले दिनमा कम्तीमा पनि दुई लिटर पानी निष्कासन गर्नुपर्छ । त्यसको लागि आवश्यक पर्ने पानी चाहिं खाइरहेको हुन्छु ।

परिवारमा मृगौलाको चेकजाँच गराइरहनु भएको छ ?

सासु ससुरालाई मधुमेह भएकाले वर्ष वर्ष दिनमा मृगौलाको जाँच गरिरहेका हुन्छौं । बच्चाहरुलाई सञ्चो नहुदाँ पनि बेलाबेलामा मृगौलाको जाँच गराइरहेकै हुन्छांै । त्यसबाहेक, वर्षमा कम्तीमा एक पटक नियमित स्वास्थ्य परिक्षण गरिरहेकै हुन्छ ।

मृगौलालाई स्वस्थ्य राख्न तपाईको विशेष टिप्स ?

मृगौलालाई मृगौला सम्बन्धि रोगले मात्र नभई, शरीरमा पानीकेा कमी, उच्च रक्तचाप, मधुमेह ललगायत अन्य धेरै समस्याले पनि असर पार्न सक्छ । यसबाट बच्नको लागि नियमित रुपमा पिसाबको जाँच, मृगौलोको फंसन टेष्ट तथा अल्ट्रा सोनोग्राफी गराउनुु पर्छ ।

यति गरेमात्र पनि मृगौला सम्बन्धि धेरै रोग पत्ता लाग्न सक्छ । यसबाहेक, नियमित रुपमा मधुमेह तथा उच्च रक्तचापको जाँच त छँदैछ । यति गरेमात्र पनि धेरै नै हदसम्म मानिसहरुलाई मृगौला सम्बन्धि विभिन्न रोगहरुबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया