कार्डसन नुवाकोटले बाड्यो रौतहटका बाढीपीडितलाई राहत

विदुर खबर २०७६ साउन १६ गते २१:१८

Timure Yatayat Busहरि भेटुवाल,रौतहट । रौतहट जिल्लाका रौतहटका बाढीपीडितलाई राहत गैरसरकारी संस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) नुवाकोटले राहत बितरण गरेको छ ।

Advertisement

शान्ति भोलन्टियर एसोसियसन जापानको सहयोगमा बाढि प्रभावित स्थानमा राहत बितरण गरिएको हो । रौतहटको यमुनामाई गाउँपालिकाको सुकदेव चोकमा बिहिबार परोहका नगरपालिका वडा नं. १ र २ का बाढी पिडितलाई राहत बितरण गरिएको कार्डसन नुवाकोटले जनाएको छ । बाढिबाट प्रभावित भएका करिव ३ सय ३५ घर परिवारलाई राहत बितरण गरिएको हो । प्रति परिवारलाई ३० किलो चामल, ५० किलो दाल, पिठो १० किलो, एक लिटर तेल, नुन तथा सावुन लगायतका सामन दिईएको कार्डसन नुवाकोटले जनाएको छ । बाढी पिडितलाई राहत दिदै शान्ति भोलन्टियर एसोसियसनका प्रतिनिधि आई क्युरिमोरोले बिपद्को समयमा सहयोग गर्ने पाँउदै खुसी लागेको बताए । भुकम्पको बेलामा विभिन्न स्थानमा सहयोग गरेको स्मरण गर्दै बाढिबाट प्रभावित रौतहटका बासिन्दालाई राहत दिँदा अत्यन्तै खुसी लागेको उनको भनाई छ ।

कार्यक्रममा कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने उदेश्यका साथ तराईमा राहत लिएर आएको जानकारी दिए । एक नेपालीले अर्को नेपालीलाई बिपद्को समयमा सहयोग गर्नुपर्ने धारणा राख्दै उनले पहाडमा विपद हुँदा तराईको सहयोग आवश्यक पर्छ त्यसैले सहयोगी भावनाका साथ रौतहट आईपुगेको उनले बताए ।

Advertisement

राहत पाउँदा पिडितहरु हर्षित भएका छन । सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल कार्डसनले बिपद्को समयमा विभिन्न स्थानमा पुगेर राहत तथा अन्य सामाजिक कार्य गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा बाढी पिडितहरुलाई राहात वितरण गरिएको हो ।

प्रतिक्रिया