काठमाडौंवासीको फोक्सोमा क्यान्सरको खतरा

विदुर खबर २०७४ फागुन २५ गते १०:२३

२५ फागुन, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरुलाई सुन तस्करी गर्ने गिरोहले भरियाको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ ।

Advertisement

कतारबाट फर्किएका तीन नेपालीले बुझाएको सुनको बालासहित तस्करका सहयोगी समातिएसँगै यो रहस्य खुलेको हो ।

विदेशबाट आउनेहरुले प्रति व्यक्ति ५० ग्राम सुन ल्याउन पाउँछन् । त्यही व्यवस्थालाई ध्यानमा राखेर तस्करहरुले नेपालीहरुलाई निश्चित रकम दिएर ‘भरिया’ बनाउने गरेको पाइएको छ ।

Advertisement

‘तस्करी गर्ने गिरोहले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर भरियाको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठ भन्छन् ।

प्रहरीका अनुसार कतारबाट सुनको एउटा बाला ल्याएवापत ७ हजार रुपैयाँ पाउन गरेका रहेछन् ।

Advertisement

जब उनीहरु काठमाडौंमा आर्लिन्छन्, तस्कर समूहले सुन संकलन गर्छन् ।

यस्तो थियो घटना

केही दिनअघि रोजगारीको सिलसिलमा विदेश गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छली सुनको गहना तस्करी हुने गरेको सूचना गौशाला प्रहरीले पायो ।

लगत्तै, प्रहरीले खोजतलासलाई व्यापक बनायो । सोही क्रममा काठमाडौं–९, सिनामंगलस्थित बस स्टपमा काठमाडौं–१९, मरुटोलीका ४४ वर्षीय दिलिप शाहीलाई प्रहरीले शंकास्पद रुपमा भेट्टायो । उनको शरीरको खनतलासी गर्दासुनको तीन वटा बाला फेला पर्‍यो, जुन १ सय ५८.२७ ग्रामको थियो ।

उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो र, तस्करीको थप नेक्सस पत्ता लगाउनतिर लाग्यो ।

बयानका क्रममा शाहीले एक जना भारतीय नागरिकको नाम लिए । जसको निर्देशन अनुरुप उनले त्यो बाला बोकेका थिए । उनी थिए विहारको मोतिहारीस्थित चौडाडानु थानाका मोहम्मद साहिव अन्सारी ।

बालाजु प्रहरी अन्सारीलाई विमानस्थल परिसरबाटै पनि पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा उनी विदेशबाट नेपालीले ल्याएको अवैध सुन सङ्कलन गर्ने व्यक्ति भएको खुलेको डिएसपी श्रेष्ठ बताउँछन् ।

अन्सारीको माध्यमबाट प्रहरीले सुनको वास्तविक धनीलाई पनि पक्राउ गरेको छ । अन्सारीले शाहीलाई वीरगञ्ज घर भइ ललिपुरको वुङमति बस्दै आएकी २७ वर्षीय सुनिता खड्गीलाई सुन जिम्मा लगाउन भनतेका थिए । र, पत्तो लाग्यो, तस्करीको त्यस सुनको मालिक तिनै खड्गी रहेछिन् ।

श्रीमान्–श्रीमति नै सुन तस्करीमा !

अनुसन्धानको क्रममा खड्गीको श्रीमान्ले कतारबाट अवैध ढंगबाट सुन तस्करी गर्ने व्यवस्था मिलाउने गरेको खुलेको छ ।

श्रीमानले नेपाल फर्कने कामदारलाई भरिया बनाएर पठाएको सुन खड्गीले नेपालमा रिसिभ गर्ने गरेको पाइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार हालसम्म उनीहरुले १३ देखि १४ पटकसम्म कतारबाट नेपालमा सुन ल्याएको बयान दिएका छन् ।

श्रीमान्ले विदेशमा डिपोजिट गरी राखेर प्रत्येक सुनको विल बनाइ नेपाल पठाउने गरेको पनि खुलेको छ ।

सुन नेपालमा आएपछि मात्रै भरियालाई रकम पठाइदिने गरेको भेटिएको छ । यसपटक पक्राउ परेको सुनको बजार मूल्य ७ लाख ८२ हजार ९ सय ६२ छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया