विप्लव माओवादीद्धारा ककनी गाउँपालिका वडा १ मा आगजनी

विदुर खबर २०७६ साउन १५ गते ७:४२

Timure Yatayat Busनुवाकोट, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा आगजनी गरेको छ ।

                                                                                                      फाईल फोटो

Advertisement

वडा कार्यालयमा अनियमितता बढेको भन्दै जनगुनासो आएको र वडाअध्यक्ष चन्द्रवहादुर श्रेष्ठलाई बारम्बार सच्चन आग्रह गर्दा समेत वेवास्ता गरेका कारण वडा कार्यालयमा आगजनी गरेको विप्लव माओवादी नुवाकोटका सेक्रेटरी विन्तोस सिलवालले जानकारी दिए ।

कार्यालयमा मंगलबार राती साढे ११ बजे केही अज्ञात समुह आएर पेट्रोल बम प्रहार गरी आगलागी गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा उपरिक्षक कृष्ण पल्लीमगरले स्वीकार गरेका छन । आगलागबिाट कार्यालयमा रहेको कागजपत्र,फर्निचर,४ थान पंखा र २ थान कम्प्युटरमा क्षति भएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्याmय नुवाकोटले जनाएको छ ।

Advertisement

यसअघि मंगलवार विप्लव माओवादीको जनसत्ता नुवाकोटले प्रेस विज्ञप्ती जारी गदै वडाअध्यक्ष श्रेष्ठले मानुषि मन्दिर वरपर रहेको काठ वेचेर स्थानियवासीले बनाएको मन्दिरको सिढिँ देखाएर१७ लाख रुपैयाँ घोटाला गरेको,वडामा नबसी काठमाण्डौ गएर बस्ने गरेको, सेवाग्राहीलाई अपशब्द बोल्ने गरेको, स्थानिय कर संकलनमा नक्कली विल बनाइ ठुलो रकम घोटाला गरेको, नदि दोहनमा संलग्नता रहेको, नक्कली उपभोत्ता समिति बनाई वडाका आएको रकम हिनामिना गरेको आरोप विप्लव माओवादीले लगाएको थियो । जनसत्ता नुवाकोटले आगामी दिनमा नसच्चिए र जनकारवाहीलाई वेवास्ता गरिए भौतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया