ककनीमा मन्दिर निर्माणमा १७ लाख घोटाला, विप्लव माओवादीद्धारा भौतिक कारवाहीको चेतावनी

नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रवहादुर श्रेष्ठले मन्दिर निर्माण गर्दा १७ लाख रुपैयाँ घोटाला भएको भन्दै विप्लव माओवादीले कारवाहीको चेतावनी दिएको छ ।
मंगलवार विप्लव माओवादीको जनसत्ता नुवाकोटले प्रेस विज्ञप्ती जारी गदै वडाअध्यक्ष श्रेष्ठले मानुषि मन्दिर वरपर रहेको काठ वेचेर स्थानियवासीले बनाएको मन्दिरको सिढिँ देखाएर वडाअध्यक्ष श्रेष्ठले १७ लाख रुपैयाँ घोटाला गरेको उल्लेख गरिएको छ ।
त्यस्तै वडामा नबसी काठमाण्डौ गएर बस्ने, सेवाग्राहीलाई अपशब्द बोल्ने गरेको, स्थानिय कर संकलनमा नक्कली विल बनाइ ठुलो रकम घोटाला गरेको, नदि दोहनमा संलग्नता रहेको, नक्कली उपभोत्ता समिति बनाई वडाका आएको रकम हिनामिना गरेको लगायतको आरोप वडाअध्यक्ष श्रेष्ठमाथि लगाइएको छ ।
जनसत्ता न्ुवाकोटले आगामी दिनमा नसच्चिए र जनकारवाहीलाई वेवास्ता गरिए भौतिक कारवाही गरिने समेत उल्लेख गरेको छ । तर वडाअध्यक्ष श्रेष्ठले भने आफुले कुनैपनि अवैध काम नगरेको भन्खै आफुमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताए ।
प्रतिक्रिया