मेरो माइक्रोफाइनान्सको खुद नाफा ७७ प्रतिशतले बढ्यो

विदुर खबर २०७६ साउन १५ गते ६:१९

नुवाकोट, नुवाकोटको बट्टारमा केनिद्रय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

Advertisement

लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को १२ महिनामा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७७ प्रतिशतले बढी हो ।

Advertisement

६५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जगेडा कोषमा ३३ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले जगेडा कोषमा ११४  प्रतिशले बृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब २१ करोड रुपैया निक्षेप संकलन गरी ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको निक्षेप ५४ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाह ३९ प्रतिशतले बृद्धि गरेको हो । त्यस्तै कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ सापटी  लिएको  छ।  सापटी रकम १८ प्रतिशतले वृद्धि भएको छ।

Advertisement

लघुवित्तको प्रति शेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा रहेको छ । निस्क्रिय कर्जा १ दशमलव २० प्रतिशत रहेको छ । बजार मुल्य ५ सय २२ रुपैयाँ रहेकोमा मुल्य आम्दानी अनुपात २० गुणा देखिन्छ  ।

पुँजीमा देखिएको १३० प्रतिशतको वृद्धि र खुद नाफामा देखिएको ७७ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट देखिएको छ।

प्रतिक्रिया