बुधबार बन्दको आह्वान : जनप्रतिरोध र जनकारबाहीको चेतावनी

विदुर खबर २०७६ साउन १४ गते २०:५१

Timure Yatayat Bus नुवाकोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार (१५ साउनमा) बागमती र नारायणी तथा रामेछाप र दोलखा बन्दको आह्वान गरेको छ ।

Advertisement

बन्द सफल गराउने कार्यमा सहयोग गर्न सो पार्टीले सबै पक्षसँग आग्रह गरेको छ । नेकपाले बन्दको पूर्वसन्ध्यामा मंगलबार अपिल जारी गर्दै सम्पूर्ण शैक्षिक संस्था, कार्यालय, उद्योग, कलकारखाना, सार्वजनिक तथा निजी यातायातका साधन बन्द गरी सहयोग गर्न आग्रह गरेको छ । विप्लव नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले बुधबार बाग्मती र नारायणी ब्युरोसहित जनकपुर ब्युरोअन्तर्गतका रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको हो ।

सरकारले निरन्तर आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, झुटा मुद्दामा फसाउँदै जेल चलान गर्ने र मुठभेडका नाममा हत्या गर्ने गरेको भन्दै आक्रोशित बनेको नेकपाले दमन र धरपकडविरुद्ध बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । बन्दको आह्वान गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञाप्तिमा ‘संघर्षका कार्यक्रम’ अन्तर्गत ‘जनप्रतिरोध र जनकारबाही’ समेतको उल्लेख भएकाले बुधबारको बन्द ‘फरक किसिमको हुने’ बताइएको छ ।

Advertisement

नेकपाले बन्दको पूर्वसन्ध्यामा मंगलबार देशभर मसाल जुलुस निकालेको छ । काठमाडौंको काडाँघारीस्थित एक घरमा सुतिरहेको अवस्थामा साउन ४ मा प्रहरीले राति १२ बजे माइला लामालाई गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि भन्दै लामालाई नख्खु कारागारमा थुनामा राखिएका राखिएको छ ।

Advertisement

प्रतिक्रिया