ग्लोबल टी-ट्वान्टीमा सहभागिता जनाउन सन्दीप र सोमपाल आज क्यानडा जाने

विदुर खबर २०७६ साउन १३ गते १०:२६

Timure Yatayat Busनुवाकोट, नेपालका सन्दीप लामिछाने र सोमपाल कामी क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगमा सहभागिता जनाउन आज (आइतबार) क्यानाडा जान भएका छन् ।

Advertisement

नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले लेग स्पिनर सन्दीप र अलराउण्डर सोमपाल आइतबार राति सिंगापुरबाटै क्यानाडा जाने बताएका छन् । दुवै खेलाडी आइतबार राति क्यानडा प्रस्थान गर्ने तालिका रहेको छ। सन्दीप र सोमपाल आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको लागि सिंगापुरमा रहेका थिए ।  आइतबार सम्पन्न प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।

आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । जसको कारण नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न सकेनन् । नेपालका ग्लोबल आइकन सन्दीप टोरन्टो नेसनल्सबाट खेल्नेछन्  ।  यस्तै सोमपाल विनिपेग हक्सबाट खेल्नेछन् । दुवै खेलाडी सोमबारबाट टिममा सामेल हुनेछन्  ।

Advertisement

प्रतिक्रिया