रसुवागढी र सान्जेनको शेयर सुचीकरण प्रक्रियामा

विदुर खबर २०७६ साउन ११ गते १९:५४

नुवाकोट, रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले शेयर सूचीकरण प्रकिया अगाडी बढाएका छन् । शेयर बाँडफांड भएको झन्डै ३ महिनापछि यी दुईले सूचीकरण प्रक्रिया अगाडी बढाएका हुन् ।

Advertisement

रसुवागढीले बिहिबार सिडीएसमा शेयर सूचीकरणको लागि निवेदन दिएको छ भने सान्जेंनले आज शुक्रबार सिडीएसमा निवेदन दिने जनाएको छ ।सबै कागजात पुरा भए एक दिन मै सिडीएसको तर्फबाट शेयर सूचीकरण हुने र ३ दिन भित्र खातामा आउन सक्ने सिडीएसले जनाएको छ ।

तर नेप्सेमा भने दुवै कम्पनीले शेयर सूचीकरणको लागि निवेदन दिएका छैनन्  । सिडीएसमा आवश्यक प्रकिया पुरा गरेपछि नेप्से जाने दुवै कम्पनीको तयारी छ ।  नेप्सेमा पनि सूचीकरणको लागि केहि समय लाग्ने छ । कम्पनीले सबै कागजात पुरा गरेको खण्डमा अर्को साता सूचीकरण प्रक्रिया सकिएर कारोबार सुरु हुन् सक्ने छ ।

Advertisement

Timure Yatayat Busनयाँ आर्थिक बर्ष सुरु भएपछि शेयर सुचिकृत गराउदा नवीकरण शुल्क तिर्नु नपर्ने भएकोले दुवै कम्पनीले साउन लागेपछि मात्र शेयर सुचिकृत गर्न लागेका हुन ।

प्रतिक्रिया