नुवाकोटको नदि दोहन टुलुटुलु बसेर हेर्न सकिँदैन : विप्लव माओवादी

विदुर खबर २०७६ साउन ८ गते १९:४७

नुवाकोट, नुवाकोेटको नदिनाला माथि भएको दोहन टुलुटुलु हेरेर बस्न नसक्ने विप्लव माओवादीले जनाएको छ ।

Advertisement

विप्लव माओवादीका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल अशोकले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दे नुवाकोटमा भएका नदिजन्य पदार्थको दोहन आफु र आफ्नो पार्टीले टुलुटुदु हेरेर बस्न नसक्ने बताएका हुन । उनले जिल्लाको नदिनाला उत्खननमा तत्काल सम्वन्धित निकाएले नरोके तस्करको साधन मात्र नभएर तस्करमाथि भौतिक कारबाही गर्न बाध्य हुनेछ र त्यस अवस्थाबाट उत्पन्न परिणामको जिम्मेवार सरकार र प्रशासन हुने बतचाएका छन ।

हरेक वर्ष वर्षातको अवधिमा नुवाकोटका विभिन्न नदिनालाहरुमा बालुवा,गिट्टीको निरन्तर उत्खनन हुँदै आएको तथा जिल्ला र जिल्लाबाहिरबाट आएका तस्करले दिन डाहाडैै प्रकृति स्रोतसाधनमाथि गिद्दे नजार राखि सबै नदिनालमा एक्सभेर प्रयोग गरि उत्खनन गरेर प्रकृतिक स्रोतलाई उजाड ,मानव बस्ति जोखिम र खेतीयोग्य जमिनको नास गर्ने कार्य चरम रुपमा हुदै आएको र नदिजन्य उत्खनन रोक्न तस्करमाथि निरन्तर कारबाही गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

नुवाकोटका विभिन्न खोलाहरु रातमाटे त्रिशूली ,कोल्पु,तादि,लिखु ,सामारी लगायतका नदिहरुमा प्रशासन ,समन्वय समितिलाई मिलाई सयौं जेसिवि र एक्साभेटर चलेको प्रशासनले मोटो रकम लिगेर सयौं एक्साभेटर चलाएको बुझ्न आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया