विप्लव नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा कारागार चलान
नुवाकोट,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ जेल चलान भएका छन्। उनलाई नख्खु कारागार चलान गरिएको हो।
केहीदिन अघि उनलाई काठमाडौंको काडाँघारीबाट मध्यरातमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनीविरुद्ध संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनलाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो।
काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका उनलाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ।सरकारले अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न भने छोडेको छैन। हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेता कार्यकता समातिएका छन्। गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया