विप्लव नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा कारागार चलान

विदुर खबर २०७६ साउन ८ गते ६:३२

नुवाकोट,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ जेल चलान भएका छन्। उनलाई नख्खु कारागार चलान गरिएको हो।

Advertisement

केहीदिन अघि उनलाई काठमाडौंको काडाँघारीबाट मध्यरातमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनीविरुद्ध  संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनलाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो।

काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका उनलाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ।सरकारले अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न भने छोडेको छैन। हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेता कार्यकता समातिएका छन्। गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो।

Advertisement

प्रतिक्रिया