दक्षिण कोरियाद्वारा रुसी सैन्य विमानमा आक्रमण
विदुर खबर
२०७६ साउन ७ गते १६:५८

एजेन्सी , दक्षिण कोरियाले रुसको सैन्य विमानलाई लक्षित गरी चेतावनी स्वरुप आक्रमण गरेको छ । रुसको सैन्य विमान ए फिप्टिनले वायु सीमा नाघेकाले चेतावनी स्वरुप आक्रमण गरिएको दक्षिण कोरियाले जनाएको छ ।
डोक्डोरताकेशिमा टापु क्षेत्रमा रुसी सैन्य विमानले वायु सीमा उल्लंघन गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसले भने आफ्नो विमानले वायु सीमा उल्लंघन नगरेको दाबी गरेको छ ।
दक्षिण कोरियाको स्वामित्वमा रहेको डोक्डोरताकेशिमा टापुमाथि जापानले पनि आफ्नो दावी गर्दै आएको छ । रुस र दक्षिण कोरियाबीच यस प्रकारको तनाव बेलाबखत देखा पर्दै आएको छ ।
गत जुनमा पनि दक्षिण कोरियाले आफ्नो हवाई क्षेत्रमा दुई रुसी लडाकु विमान आएको दावी गरेको थियो । हालै दक्षिण कोरियाले १६ रुसी नागरिकलाई मुलुक प्रवेशको अनुमति दिन अस्वीकार गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया