ढुवानी व्यवसायीको हड्तालका कार्यक्रम फिर्ता
 
		
	 काठमाडौं : सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायी हड्तालका कार्यक्रम फिर्ता गरेर काममा फर्केका छन् । सरकारसँग तीन बुँदे सहमति भएपछि ढुवानी व्यवसायी काममा फर्कन सहमत भएका हुन् ।
काठमाडौं : सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायी हड्तालका कार्यक्रम फिर्ता गरेर काममा फर्केका छन् । सरकारसँग तीन बुँदे सहमति भएपछि ढुवानी व्यवसायी काममा फर्कन सहमत भएका हुन् ।
ढुवानीका साधनलाई पूर्ववतरुपमै रुट परमिट दिन केन्द्र सरकारले सहजीकरण गर्ने, ढुवानीमा भ्याट र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भीसीटिएस’ पालना नगर्ने, ट्रक तथा चालकमाथि तत्काल जरिवाना नलाग्ने सहमति सरकारसँग भएको हो । सहमति कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ कार्यदलले ३० दिनभित्र सूझावसहितको प्रतिवेदन पेश गर्नेछ ।
सरकारले साउनदेखि कार्यान्वयनमा ल्याएको ‘भिसिटीएस’को विरोधमा ढुवानी व्यवसायीले यातायातका साधन सञ्चालनमा ल्याएका थिएनन् । सरकारले भिसिटीएस ढुवानी व्यवसायी र चालकले कार्यान्वयन गर्न नपर्ने आश्वासन दिएपछि उनीहरु काममा फर्केका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र व्यवसायीबीच भएको छलफलमा सहमति जुटेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो





प्रतिक्रिया