विदुर नगरपालिकाले प्रस्ताव गरेको स्थानिय व्यवसायिक करप्रति नुवाकोट उद्योग वाणिज्य संघको आपत्ति

विदुर खबर २०७६ साउन ५ गते १८:४३

नुवाकोट साउन ५, विदुर नगरपालिकाले प्रस्ताव गरेको स्थानिय व्यवसायिक करप्रति नुवाकोट उद्योग वाणिज्य संघको आपत्ति जनाएको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघले आइतबार दिउँसो प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकालाई कर निर्धारण गर्दा वस्तुस्थिति बुझी निर्धारण गर्न समेत आग्रह गरेको छ । संघका अध्यष ताराबहादुर कार्कीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा अनाधिकृत व्यापार हटाउने र घटाउने नाममा साना उद्योग व्यापार गरी खाने वर्गमा थप झन्झट र झमेला सिर्जना भएकोले सो व्यवस्था तत्काल फिर्ता गर्न माग गरिएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरि ल्याएको केही अनिवार्य व्यवस्थापनहरु र प्रावधानहरुबाट देशभरका उद्योगी व्यापारीमा अन्यौलता सृजना भएको भन्दे नुवाकोट उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काम र प्रकृतिको आधारमा मजदुरी र भरिया गरेर पेटपाल्नेहरुमाथि लेखा नम्बर अनिवार्य गरिनु असान्दर्भिक रहेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै वेवमा आधारित गाडी तथा सामान ट्याकिङ प्रणाली ख्ऋत्क् भन्सार विन्दुदेखि गन्तव्य विन्दुसम्म र पहिचान भएका संवेदनशील उद्योगहरुबाट परिचलान गरिने ढुवानी मात्र लागु गरि चरणवद्ध रुपमा संवेदनशीलता हेरी विस्तार गर्नुपर्ने उल्लेख छ । यस्तै सुचना प्रविधिको माध्यमबाट पारदिर्शता कायम गर्न इन्टरनेटको सरल र सुलभ पहुँच हुनुपर्ने र यो आधारभुत सेवाको मुल्य न्युनतम तोक्नुभन्दा १३ प्रतिशत मुल्य वुद्धि गरिनु दुभाग्य पुर्ण भएको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

Advertisement

संघले आफुहरुको जायज मागलाई यथासिघ्र सम्बोधन हुने भन्दै देशभरका व्यवसायीहरुलाई एकताको लागि तयार रहन समेत सम्पुर्ण व्यवसायीहरुलाई नुवाकोट उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया