स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि अभिनेत्री साम्राज्ञी फेरि विवादमा

विदुर खबर २०७६ साउन ४ गते १८:४६
अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि । उनको रिल र रियल लाइफ दुबै हिट छ । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।
उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा फिल्मवृत राम्रै तताउने गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् देवाङ्कस । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छन् । गत वर्ष फिल्म ‘मारुनी’ को कार्यक्रममा दुईले पत्रकारसँग गरेको लुकामारी निकै चर्चित भएको थियो ।
भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तश्विरलाई लिएर दर्शकबाट उनले ताली कम गाली ज्यादा पाइरहेकी छन् । तर, यसको उनलाई कुनै प्रवाह छैन ।
शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।  हुनत, सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् । तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् । नेपालमा कुर्था-सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज-पोजका तश्विर सामाजिक सञ्जालमा साझेदार गर्छन् । तर, कहिले काहिँ साधारण लागेको तश्विरले पनि असाधारण रुप धारण गर्ने गर्छ ।
अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ । भकाभक ट्रोलर्सको शिकारमा पर्दै गएकी उनको उक्त तश्विरले ठूलै विवादको रुप लिने छनक देखाएको छ । डेढ वर्षअघि स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि भएको विवादबाट बल्लतल्ल मुक्त भएकी उनलाई फेरि प्रेमीको अंगालोमा विकिनी अवतारमा रमाइरहेको तश्विरले विवादको झमेलामा फसाउने देखिन्छ । यसको प्रतिवाद उनले कसरी गर्लिन् ? धेरैलाई चासोको विषय बनेको छ ।

प्रतिक्रिया