स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि अभिनेत्री साम्राज्ञी फेरि विवादमा
विदुर खबर
२०७६ साउन ४ गते १८:४६
अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि । उनको रिल र रियल लाइफ दुबै हिट छ । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा फिल्मवृत राम्रै तताउने गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् देवाङ्कस । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छन् । गत वर्ष फिल्म ‘मारुनी’ को कार्यक्रममा दुईले पत्रकारसँग गरेको लुकामारी निकै चर्चित भएको थियो ।

भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तश्विरलाई लिएर दर्शकबाट उनले ताली कम गाली ज्यादा पाइरहेकी छन् । तर, यसको उनलाई कुनै प्रवाह छैन ।
शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ । हुनत, सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् । तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् । नेपालमा कुर्था-सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज-पोजका तश्विर सामाजिक सञ्जालमा साझेदार गर्छन् । तर, कहिले काहिँ साधारण लागेको तश्विरले पनि असाधारण रुप धारण गर्ने गर्छ ।अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ । भकाभक ट्रोलर्सको शिकारमा पर्दै गएकी उनको उक्त तश्विरले ठूलै विवादको रुप लिने छनक देखाएको छ । डेढ वर्षअघि स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि भएको विवादबाट बल्लतल्ल मुक्त भएकी उनलाई फेरि प्रेमीको अंगालोमा विकिनी अवतारमा रमाइरहेको तश्विरले विवादको झमेलामा फसाउने देखिन्छ । यसको प्रतिवाद उनले कसरी गर्लिन् ? धेरैलाई चासोको विषय बनेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया