धादिङको खनियावासमा काठेपुल बगाउँदा क्यूङ गाउँमा सम्पर्क विच्छेद
विदुर खबर
२०७६ साउन ४ गते १५:०८
धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।
केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताए । ६३ घरधुरी रहेको सो विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षायाम लागेपछि गाउँ पुग्न पैदल हिड्नुपर्ने हुन्छ ।

बुढापाका र बालबालिका मात्र गाउँमा रहेकोले साधारण रुपमा गर्न सकिने काठेपुल बनाउन आवश्यक जनशक्ति छैन ।कोही मानिस बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिससमेत नभएको गाउँवासीको भनाइ छ ।
गाउँमा यातायात, सञ्चार नभएपछि गाउँवासी पलायन हुँदै गएको र वर्षमा छ महीना भारततर्फ काम गर्न गएकाले गाउँ युवाविहीन भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया