हाम्रो पार्टी वार्ता विरोधी होइन

विदुर खबर २०७६ साउन ४ गते ९:४१

विन्तोस सिलवाल “अशोक”

नुवाकोट साउन ४, केही दिनयता सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव माओवादीसँग वार्ताको बहसले चोक,चौतारो,चिया पसल मात्र तताएको छैन । नेपालको बौदिक सर्रकलमा पनि बहस चलेको छ ।

Advertisement

नेपाली संचार माध्यममा वार्ताको विषयले राम्रोसँग प्रवेश पायो । विप्लवको कुनै सभा ,समारोह र कार्यक्रमले झिनो प्रवेश नपाउने पत्रपत्रिकामा पनि ठुलो अक्षरमा पहिलो पृष्ठमै सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच वार्ताले राम्रै चर्चा पायो । के वार्ता होला ? नहोला चर्चा जताततै छ । हाम्रो पार्टी सैद्धान्तिक रुपमा वार्ता विरोधी होइन र हुन पनि सक्दैन । तर सरकार वार्ताको ढ्वाङ रत्नपार्कमा फुकेर हिड्छ तर वार्ता गर्ने हैसियत राख्दैन । वार्ता टोली गठनगरि जनता,बौदिक तप्का, नागरिक समाजहरुमा भ्रम र आँखमा छारो हाल्ने सडकमा गएर वार्तामा बोलाको आएन भन्ने र दमन गर्ने सरकारका शासनको सोचलाई वार्ताको लागि औपचारिक पत्र काटे वार्तामा वस्न तयार भनी नेपाल कम्युनिस्ट पार्टीले बताइसकेको छ । हाम्रो पार्टीको यो निर्णयले केपि ,प्रचण्डमण्डलि सरकारको दिमाग खल्बलाएको छ र वार्ता अगाडि नै सरकारले विद्रोही शक्तिलाई आफ्नो सर्त राखेको छ । यो विश्वमा कहि छैन । विद्रोही शक्तिको सर्तहरू पराई जाहोस आफ्नै सर्त विद्रोही पार्टीलाई राख्ने सरकार के अभिभावक बन्न सक्छ ?हतियार छ , छैन वा कति छ एकिन छैन । वार्तामा बस्नु पुर्व हतियार बुझाउ,क्रान्तिका शक्तिलाई जेलमै राख,वार्ताको नाममा छलपटक हुन्छ हन्न भनी सोध्ने सरकारले वार्ता गर्न खोजेको होकि आत्मसमर्पन गराउन खोजेको नेपाली जनताले बुझ्न जरुरि छ ।

नेपाल कम्युनिस्ट पार्टी सर्वहारा पत्पिडित,पिछडिएका,जनजाति,आदिवासी,दलित,महिला लगाएतमाथि ,दलाल संसदीय व्यवस्थाले थोपारेको समग्र उत्पिडनबाट मुक्तिको लागि वैकल्पिक व्यवस्था चाहाने उत्पिडित जनताको आवज हो यो बुझ्न सरकारले जरुरि छ । केही सिमित मुठ्ठीभर शासकले ब्रहमलुट गर्ने संसदीय व्यवस्थाले उत्पिडत जनताको वैकल्पिक राज्य प्रणालीको मागलाई हल गर्ने हैसियत राख्छ ? सवाल यहाँ छ ।यति भनेर हामी वार्ताबाट भाग्न खाजेको हैन । वार्तामा त हामी क्रान्तिको दौरानमा पटक पटक बसेका छौ र बस्ने पनि छौ तर वार्ताले रायमाझी ,मनमोहनदेखि प्रचण्ड ,बाबुराम समेतलाई निल्दियो र जनताको पसिना,सहिदको रगतबाट आर्जेको हतियार र जनताले निमार्ण गरेको सत्तासँग केहि नेताको व्यवस्थापनमा लगेर हल गर्ने र क्रान्तिलाई निस्तेज गर्ने सपना केही मान्छेहरूको थियो ।

Advertisement

तर शासकहरुले कहिलै सोचेनन । क्रान्तिका केही पात्रको व्यवस्थापन गर्दैमा । केही पात्रलाई आत्मसमर्पण गराउदैमा र क्रान्तिकारीले उठाएका बन्दुक कन्टेनरमा थन्काउदैमा क्रान्ति रोकिदैन भनेर । बम,बारुद र बन्दुक कुनै जटिल विषय होइन शासकले पिडित,पिछडिएका जनताको आवाज नसुन्ने कानो,बहिरो मरासन्न र लम्पसार सरकारलाई सुनाउने बिष्फोतित आवज वा साधन मात्र हो ।महोदय,बन्दुक त कन्टेनरमा राखेर ताला लगाउन सक्नुहोला तर उत्पिडित जनताको दलाल पुजीवादी व्यवस्थाले थोपरेको उत्पिडन,दमन,हत्या ,हिंसा ,वेथितिलबाट निस्केको विद्रोहलाई बन्देज गर्न सक्नु हुन्न ।

बन्दुकलाई नियन्त्रण गर्नु होला तर बन्दुकको एकतर्फि दास ,दमनबाट मुक्तिका लागि बन्दुक चलाउने हात र दिमागलाई निस्तेज गर्न सक्नु हुन्न । विप्लवलाई यशआराम मोजमस्तिको लालचमा खरिद विक्रि गर्न खोजे फेरि अर्को दुर्भाग्य हुनेछ ।
समस्य विप्लवलाई के दिने के नदिनेमा होइन । विप्लवले उठाएका मुद्दामा हो । दलाल नोकरशाही पुजिवादले थोपरेको उत्पिडनमा हो । वार्ताबाट तल्लो पिछडिएका जनताको आवाज,अहिलेको व्यवस्था खारेज र मुक्तिको लागि आफ्नै राज्य प्रणाली चाहाने माग पूरा गर्ने हैसियत कसैले राख्छ भने मात्र वार्ता सार्थक होला । अन्यथा सरकारसामु विद्रोही पार्टीले आफ्ना माग टेबुलमा राख्ने र सरकार विप्लवको बुदाँगत माग सिरानी हाली सुत्ने नै हुनेछ । त्यसो त नेपाली जनताको सामु दुवै पक्ष वार्ताबाट अनिर्णय सहित आ–आफ्नो गन्तव्य लाग्नुको विकल्प छैन ।

Advertisement

लेखक विप्लव माओवादी नुवाकोटका जिल्ला सेक्रेटरी हुन ।

प्रतिक्रिया