ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
नुवाकाेट । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै नुवाकाेटकाे विदुरमा पनि प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार जिल्लामा क्रियाशील २३ वटै जनसंगठनको संयुक्त आयोजनामा विदुरमा शनिबार दिउँसो प्रदर्शन गरिएको हो ।
एमाले पार्टी कार्यालयदेखि लाेकतािन्त्रक चाेकसम्म पुगरे एमालेका नेता तथा कार्यकताहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरूले ओली र रमेश लेखकलाई तत्काल रिहा गर्न माग समेत गरेका छन् ।
प्रदर्शनपछि विदुरकाे लाेकतान्त्रिक चाैताराे अगाडिको सडकमा आयोजित कोण सभालाई सम्बाेधन गर्दै नेकपा एमाले नुवाकाेट क्षेत्र नम्बर १ का संयाेजक शुशिल खड्का लागतयले सम्बोधन गरेका थिए ।
उनीहरूले ओली र लेखकमाथि बालेन शाह नेतृत्वको सरकारले प्रतिशोध साधेको भन्दै तत्काल रिहा गर्न माग गरे भने रिहा नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट





प्रतिक्रिया