त्रिशुलि नदिमा एक युवकको शव भेटियो

विदुर खबर २०७६ साउन ३ गते १९:५८

नुवाकोट साउन ३, नुवाकोटको त्रिशुलि नदि किनारमा एक युवकको शव भेटिएको छ ।

Advertisement

दार्चुला घर भई हाल कन्चनपुर चादनि गाउँपालिमा बसोबास गर्दै आएका ४१ वर्षिय एक युवक त्रिशुलि खोलामा मृतक भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मानसिक सन्तुलन कमजोर भएकाले उपचारका लागि साउन १ गते काठमाण्डौ ल्याईएको शंकर भट्ट कोठा बाट भागेर शुक्रबार बेलकोटगढि नगरपालिका वडा नं ५ केउरीनि स्थित त्रिशुलि नदिमा शव भेटिएको प्रहरीले जनाएको छ ।

त्रिशुलि नदि किनारमा मृतक अवस्थामा भेटिएको भट्ट शव शुक्रबार दिउँसो ३ बजे भेटे पश्चात तत्कालै घटना स्थलमा प्रहरी चौकि तारुका र जिल्ला प्रहरी कार्यालय नुवाकोट बाट प्रहरी टोलि खटिएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभएको छ । युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

Advertisement

प्रतिक्रिया