नुवाकोटमा झनै बढ्यो अवैध उत्खनन
नुवाकोट साउन ३, नुवाकोटका खोलाहरुमा प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन् अझै बढेको छ ।
प्राकृतिक स्रोत साधन उत्खनन् र परिचालनको जिम्मा स्थानीय तहरुले पाएपछि कतै स्थानीय तहबीचमै विवाद देखिएको छ भने कतै ठेक्काको बहानामा मनपरि उत्खनन् भइरहेको छ । केही दिनअघि उत्खनन्को बिषयमा केही गाउँपालिकाबीच सीमा विवाद पनि देखिएको छ । नुवाकोटमा अनुमित बेगर उत्खनन् गरेको भन्दै प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था देखिएको छ ।
जिल्ला अनुगमन समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले असारदेखि भदौ महिनासम्म नदीजन्यपदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाएपनि तस्करहरुले नदी दोहनको काम तिव्र पारिरहेका छन । तस्करहरुले दिउँसोका समयमा हाते औजार र रातको समयमा खोलामा मेसिन हालेर नै वालुवा झिकिरहे पनि प्रहरी र प्रशासन मौन रहेको नुवाकोट र धादिङको सिमाना कोल्पुटारका एक स्थानियले बताए । व्यवसायीले जथाभावी गरेको उत्खननले गाउँहरु समेत समेत जोखिममा पर्न थालेका छन् । जथाभावीको उत्खननले गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन् । अवैध उत्खनन् नरोकिएमा कोल्पुटारको पुल नै जोखिमामा पर्ने अवस्था रहेको छ ।
प्राकृतिक स्रोत साधन परिचालनको जिम्मा स्थानीय तहले पाएपछि अझ बढी बेथिति बढेको छ । स्थानीय सरकारले स्रोत साधन जोगाउन नसक्दा स्थानीयवासीले माथिल्लो निकाय गुहार्ने अवस्थासमेत आएको छ । खोलामा अवैध उत्खनन् भएपछि स्थानीयले अनुगमनको लागि जिल्ला समन्वय समितिमा निवेदन समेत दिएका थिए । सो निवेदनअनुसार अनुगमनमा जाँदा धेरै बेथिति देखिएको जिल्ला समन्वय समिति नुवाकोटले जनाएको छ । बेथिति रोक्न र संभावित क्षेत्रमा निगरानी बढाउन स्थानीयवासी, स्थानिय तह र प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयले जानकारी दिएको छ ।
जिल्ला अनुगमन समन्वय समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले कानूनभन्दाबाहिर गएर काम गर्न कसैलाई छुट नभएकाले प्रहरी प्रशासन कडाइका साथ लाग्ने बताए । अवैध रुपमा उत्खनन् भएको गुनासो आएको भन्दै उनले जसरी पनि कानूनी दायरामा ल्याउने बताए । नुवाकोटको कोल्पुटार,रातमाटेर काशीटार, ढिकुरे लगायतका क्षेत्रमा प्रशासनले निगरानी बढाएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया