सिके राउतको जीवनीमाथि फिल्म बन्ने

विदुर खबर २०७६ साउन ३ गते ७:१४

नुवाकोट साउन ३, राजनीतिज्ञ सिके राउतको जीवनीमाथि फिल्म बन्ने भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममाझ फिल्म यूनिटले ‘डा.सिके राउत’ फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेको हो।

Advertisement

फिल्म पुरै राउतको जीवनमा आधारित नहुने कार्यक्रममा जानकारी दिइयो। ‘५० प्रतिशतमात्रै राउतको जीवनमा र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण गरिन्छ,’ कार्यक्रममा निर्देशक सन्तोष शाहले जानकारी दिए।  आउँदो छठ पर्वमा प्रदर्शन लक्ष्य राखिएको फिल्मको कार्यक्रममा डां. राउत समेत उपस्थित थिए। उनकै उपस्थितीमा फिल्मको टिजरसमेत सार्वजनिक गरियो।

डा.राउत आफ्नो जीवनीमिाथ फिल्म बनाउन खोजेको दंग देखिन्थे। ‘मलाई सुरुमा भेट्न आउँदा खासै बिश्वास लागेको थिएन,’ उनले कार्यक्रममा भने, ‘पटक पटक भेट्न खोजेपछिमात्रै समय दिएको थिएँ। उहाँहरुको फिल्मप्रतिको जागरले लोभ्यायो र फिल्म बनाउन अनुमति दिएँ।’

Advertisement

फिल्ममा राउतो भूमिका भोजपुरी फिल्मका कलाकार परदेशी शाहले निर्वाह गर्नेछन्। कलाकारहरु धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगायतको पनि फिल्ममा अभिनय रहनेछ।

फिल्ममा नबराज शर्माको सहायक निर्देशन, रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन, रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। फिल्म नेपाली, भोजपुरी र हिन्दि भाषामा तयार गरिने कार्यक्रममा जानकारी दिइयो। फिल्मको अनुमानित लागत डेढ करोड रहेको फिल्म युनिटको दाबी छ।

Advertisement

प्रतिक्रिया