शिखर इन्स्युरेन्सले ग¥र्यो नुवाकोटमा ७० हजार पशुपन्छीको बीमा

विदुर खबर २०७६ साउन २ गते १६:५९

नुवाकोट साउन २, शिखर इन्स्युरेन्स कम्पनि लिमिटेडले बट्टार शाखाले नुवाकोटमा साढे २० करोड मूल्य बराबरको पशुको पशुधन (बीमा) सुरक्षण गरेको छ ।

Advertisement

कम्पनी मार्फत २० करोड ६४ लाख ३९ हजार ९ सय ७५ रुपैयाँ मुल्य बराबरको ७० हजार पशुपन्छीको पशुधन सुरक्षण गरिएको शिखर इन्स्युरेन्स कम्पनि लिमिटेड बट्टार शाखाका कृषि विभाग प्रमुख सुरेन्द्र राईले जानकारी दिए । राईले नुवाकोटमा सबैभन्दा बढी ४७ हजार ५ सय ७५ कुखुरा र सबैभन्दा कम १९ बङ्गुरको बीमा गरिएको जानकारी दिए ।
त्यस्तै नुवाकोटमा १९ हजार ५ सय ट्राउट माछा, एकहजार ३ सय ३१ भैसी,एकहजार १ सय २६ बाख्रा र ६ सय २० गाई, २७ टनेल गोलभेँडा,३ सय रोपनी चैतेधान र एक ग्रीनहाउसको विमा गरिएको छ । कम्पनिले नुवाकोटमा कृषि विमातर्फ एक करोड ६१ लाख २३ हजार ७ सय ७ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको कम्पनिले जानकारी दिएको छ ।

कम्पनिले जिल्लामा ४३ ओटा गाईको १८ लाख ७६ हजार,४३ ओटा भैसीको ३४ लाख ४७ हजार ,८० ओटा बाख्राको ६ लाख ६७ हजार ३ सय ५० र कुखुराको ३८ हजार गरि कुल ६० लाख २८ हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति रकम दिएको छ । नुवाकोटमा कम्पनिबाट २५ सय ७ कृषक र ८८ फार्म गरि २५ सय ९५ जनाले शिखर इन्स्युरेन्समार्फत सेवा पाइरहेका छन । कम्पनिले गत आर्थिक वर्ष ०७५÷७६ मा कुल ३ करोड ६३ लाख ४३ हजार २ सय ७२ रुपैयाँ बराबरको कारोवार गरेको शिखर इन्स्युरेन्स कम्पनि लिमिटेड बट्टार शाखाका कृषि विभाग प्रमुख सुरेन्द्र राईले जानकारी दिए ।

Advertisement

नुवाकोटमा शिखर इन्स्युरेन्स अन्य केही कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेको छ । पशुधनको सुरक्षण गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गर्नुपर्ने सरोकारवालाहरु बताउँछन । यद्यपि जिल्लाका कृषकले अझै पनि बीमाबारे जानकारी पाउन नसकेको गुनासो गरेका छन् । विदुर नगरपालिका वडा नम्बर ११ भैँसीपालक कृषक पर्शुराम चालिसेले आफू बीमाबारे अनभिज्ञ रहेको बताए । उनले बीमाबारे जानकारी नहुँदा पशुको क्षतिपछि राहत पाउन नसकेको बताए ।

पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित किसान अथवा फर्मार्फत क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ । कम्पनिका अनुसार क्षति भएको २४ देखि ४८ घण्टासम्ममा प्राविधिकहरु घटनास्थलमा पुग्ने र कागजी प्रक्रिया पुगेको अवस्थामा ७ देखि २१ दिनभित्रमा क्षतिपुर्ति रकम दिने बताइएको छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लिखित कर्जा रकमको ९० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान रहेको छ । नुवाकोटको बट्टारमा कार्यालय रहेको शिखर इन्स्युरेन्सले नुवाकोट र रसुवाका किसानहरुलाई सेवा दिँदै आएको छ ।

Advertisement

प्रतिक्रिया