महिलालाई भारत लैजाँदै गर्दा सुर्यगढीका आकाश नेपाली भैरवाबाट पक्राउ

विदुर खबर २०७६ साउन २ गते १५:२२

नुवाकोट साउन २, आफ्नै गाउँकी एक युवतीलाई बेचविखनको लागि भारत लैजाँदै गर्दा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ चोगतेका आकाश नेपाली (सापकोटा) भैरवा नाकाबाट पक्राउ परेका छन ।

Advertisement

आकाशले आफ्नै घरसँगै रहेकी लामिछाने थरकी एक युवतीसँग अन्तरजातिय विवाह गरि भारतमा बेच्न लागेको आशंका गरिएको छ । नेपालीलाई बुधबार माईती नेपाल र प्रहरीको संयुत्त टोलीले भैरवामा रहेको नेपाल भारत नाकाबाट पक्राउ गरेको हो । संयुत्त टोलीले आकाशसहित उनका आमा, दिदि र महिलालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु विगत १०÷१२ दिनदेखि वेपत्ता भएका थिए । पक्राउ परेका उनीहरुलाई नुवाकोट ल्याउने तयारी भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया