त्रिशूलीमा दुई जनाको सव फेला
विदुर खबर
२०७६ साउन १ गते १४:४३
नुवाकोटस्थित त्रिशूली नदीमा मंगलबार दुई जनाको शव भेटिएको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।
सुनार मंगलबार बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नगरपालिका वडा नम्बर ५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् । उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताए । शव सडेको अवस्थामा भेटिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया