रोमान्स गर्न रमितले पाए हिरोइन
विदुर खबर
२०७६ असार ३० गते २०:०९
नेपाली फिल्ममा राम्रो दबदबा बनाएको समयमा अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । त्यसबेला उनीसँग काम गरेपछि करिअरले गति लिने विश्वास व्याप्त थियो ।तर, अहिले उनको जोडी बन्न चिनिएका अनुहार त टाढाको कुरा नयाँ युवती समेत हत्तपत्त तयार हुँदैन । किनभने, पछिल्लो समय रमितको क्रेज शून्य बराबर छ । जसकारण उनीसँग काम गरेपछि करिअर सम्हालिने भन्दा भत्किने पिरलो बढी हुन्छ । अभिनेता रमितले पछिल्लो पटक अभिनय गरेको फिल्म ‘बुद्ध वर्न इन नेपाल’ हो । यसमा उनी आफैंले लगानी गरेका थिए । तर, फिल्मले हलमा पानी भन्न पाएन । उनी पुनः नयाँ फिल्म बनाउँदैछन् । यसबीच, उनले गएको केही महिना अगाडि नयाँ ब्यानरको फिल्म ‘राजा साहेब’ साइन गरे । यसमा उनले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसलाई सत्य मान्ने आधार छैन । एग्रिमेन्ट पेपर गोप्य राखिएको छ ।
निर्माण टिमले लामो समयदेखि फिल्ममा रमितको अपोजिटका लागि अभिनेत्री खोजिरहेको थियो । चलेका हिरोइनदेखि नयाँ युवतीसम्म अफर पुग्यो । तर, कसैले रमितको हिरोइन बन्ने इच्छा देखाएनन् । अन्ततः निर्माण टिमले उनको अपोजिटमा दुई नयाँ अनुहार भित्राएको छ । फिल्म ‘चौका दाउ’ मा आइटम डान्स गरेकी सोनिका केसी र लामो समयदेखि मोडलिङ गरिरहेकी आइशा राई ‘राजा साहेब’ मा पक्का भएका छन् । यसअघि यो फिल्ममा अभिनेत्रीका लागि फिल्म ‘रणवीर’ की अभिनेत्री सुपुष्पा भट्टलाई अफर गरिएको थियो । उनले आफ्नो परिक्षाका कारण फिल्म रिजेक्ट गरेको बताएकी थिइन् । तर, उनले रमितसँग जोडी नसुहाउने भएका कारण फिल्म छाडेको चर्चा फिल्मवृतमा छ । अब, रमितले सोनिका र आइशासँग जोडी बाँध्नेछन् । विचल किराती राईको निर्देशन रहने फिल्ममा जयकिसन बस्नेत, प्रज्जवल गिरी, पुष्कार रेग्मीलगायतको पनि अभिनय रहनेछ ।
साभार फिल्मी खबर
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया