साउनदेखि त्रिशुली थ्रि ‘ए’ ले व्यवसायिक उत्पादन गर्ने

विदुर खबर २०७६ असार ३० गते १८:५०

                                                                         फाईल फोटो

नुवाकोट असार ३०,  नुवाकोट र रसुवाको सिमानामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्रि ‘ए’ जलविद्युत आयोजनाले साउनदेखि व्यावसायिक उत्पादन गर्ने भएको छ ।

Advertisement

असार तेस्रो सातादेखि दुबै युनिटबाट उत्पादन गर्ने लक्ष्य रहेतापनि साउनको दोस्रो सातादेखि मात्र दोस्रो युनिटबाट विद्युत उत्पादन गर्ने तयारी भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । साउन १५ गतेभित्र दुबै युनिटबाट व्यवसायिक उत्पादन सुरू गरिने आयोजनाले जनाएको छ । अहिले पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन भईरहेको छ ।

उत्पादित विद्युत खेर जान नदिनका लागि राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । टेकिङ ओभर प्रमाणपत्र दिएपछि आयोजनाले व्यवसायिक उत्पादन गर्ने प्रमुख जोशीले जानकारी दिए । आयोजनाले विद्युत पुर्ण रूपमा उत्पादन दिएपछि मुलुकभित्र खपत हुने उर्जामा करिब ८ प्रतिशत योगदान रहने प्रमुख जोशीको भनाई छ ।

Advertisement

प्रतिक्रिया