नेपाली काँग्रेस नुवाकोटद्धारा काठमाडौँ–नुवाकोट सडक खुलाउन माग
नुवाकोट असार ३०, नेपाली काँग्रेस नुवाकोटले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई भेटेर वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौँबाट नुवाकोट जाने बालाजु–ककनी, त्रिशूली, गल्छी–देवीघाट त्रिशूली र टोखा–छहरे–शिवपुरी–त्रिशूली तीनवटै बाटो बिग्रेको भन्दै बाटो तत्काल खुलाउन माग गरिएको सभापति केसीले बताउनुभयो । “बाटो बिग्रदा राजधानी आउन जान यात्रुलाई गाह्रो भएको छ,” उहाँले भन्नुभयो । काठमाडौँ–नुवाकोट सडक एक हप्ताभित्र मर्मत नभए आन्दोलन गर्नेसमेत काँग्रेसले जनाएको छ ।
भेटका क्रममा मन्त्री महासेठले काठमाडौँबाट नुवाकोट जाने बाटोको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी काँग्रेस नेता रमेश महतले जानकारी दिनुभयो । निर्माण भइरहेका सडक हाल बजेटविहीन अवस्थामा रहेका कारण नुवाकोटका १३७ सडक अलपत्र अवस्थामा रहेका उहाँले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया