कार्यकर्तालाई बाढी पीडितको उद्धारमा लाग्न नेकपाको निर्देशन
विदुर खबर
२०७६ असार २८ गते ११:११
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई बाढी पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएको छ।
पीडितहरूको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै जनाउँदै पार्टी संगठनलाई पनि उद्धारमा लाग्न निर्देशन दिइएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले विज्ञप्ति मार्फत अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षति प्रति दु:ख व्यक्त गरेका छन्।
बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया