पासाङल्हामु राजमार्ग अवरुद्ध, ककनीको निगालेमा पहिरो गयो
विदुर खबर
२०७६ असार २८ गते ९:२०

नुवाकोट असार २८, ककनी गाउँपालिका वडा नम्बर ४ निगालेमा गएको पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

फाईल फोटो
शनिवार विहान ६ बजेदेखि निरन्तर पहिरो आइरहँदा पासाङल्हामु राजमार्ग अन्र्तगत काठमाण्डौ–ककनी–त्रिशुली सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पहिरोको कारण अवरुद्ध भएको सडक सुचारु गर्न अहिले काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्णपल्ली मगरले बताए ।
सम्बन्धित
प्रतिक्रिया