छवि र शिल्पाबीच झगडा नगर्ने सहमति

विदुर खबर २०७६ असार २६ गते २२:४९

नुवाकोट असार २६, अभिनेत्री शिल्पा पोखरेल (ओझा) र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् ।

Advertisement

बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । दुईलाई बुधबार बोलाइएको भए पनि छविराज विरामी हुँदा छलफल हुन सकेको थिएन । परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने- ‘केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएकोे थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।’

प्रवक्ता बोगटीलेसँगै बस्ने वा नबस्ने शिल्पा र छविराजको व्यक्तिगत कुरा रहेको बताए । गएको तीन वर्ष अगाडि छविराजले चौथो श्रीमातीको रुपमा अभिनेत्री शिल्पालाई घर भित्राएका थिए । गएको ६ महिना अगाडि मात्र दुईको विवाह दर्ता भएको थियो । तर, विवाह भएको लामो समयसम्म यो कुरा दुबैले गोप्य राखेका थिए । गत वर्ष छवि स्वयंले आफूहरु बैबाहिक जीवनमा बाँधिएको र सँगै बस्दै आएको खुलाएका थिए । बुधबार दिउँसो शिल्पाले छविविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको खबर बाहिरिएको थियो । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दाबी शिल्पाको छ । तर, यो कुरा स्वीकार गर्न तयार छैनन् छवि ।
सामान्य घरायसी विषयमा झगडा भएको उनको भनाई छ । तर, उनी कुटाकुट नभएको दाबी गर्छन् । गएको १५ दिनदेखि शिल्पा फोटोग्राफर विकास रौनियार (शिल्पाले बनाएको दाई) को घरमा बस्दै आएकी छन् ।  अभिनेत्री रेखा थापासँग बैबाहिक सम्बन्ध टुंग्याएपछि छविले शिल्पासँग विवाह गरेका थिए । एकसेएक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म ‘लज्जा’ बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म ‘मंगलम’ हो ।
साभार फिल्मीखबर
Advertisement

प्रतिक्रिया