छवि र शिल्पाबीच झगडा नगर्ने सहमति
नुवाकोट असार २६, अभिनेत्री शिल्पा पोखरेल (ओझा) र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् ।

बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । दुईलाई बुधबार बोलाइएको भए पनि छविराज विरामी हुँदा छलफल हुन सकेको थिएन । परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने- ‘केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएकोे थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया