बिहीबारदेखि तिलोत्तमा गोल्डकप, तीन विभागीयसहित १० टोली भिड्दै
२३ फागुन, बुटवल । बिहीबारदेखि बुटवलको देवीनगरमा हुने २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा तीन विभागीयसहित १० वटा टोलीको सहभागिता रहने टुंगो लागेको छ ।
आयोजक जिल्ला फुटबल संघ, रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी खेलमा सहभागी हुने टोलीको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित आयोजक रुपन्देही ११, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, फ्रेण्ड्स् क्लब, कास्की–११, झापा–११ र सुदुर पश्चिमाञ्चल गरी १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।
उद्घाटन खेलमा रुपन्देही ११ र सुदुर पश्चिमाञ्चलबीच प्रतिष्पर्धा हुनेछ । स्थानीय एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने खेलको फाइलन चैत ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले चार लाख ४४ हजार ४४४ नगद पाउनेछ ।
प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट विधागततर्फ ९ डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र कोचलाई जनही २१ हजार १ सय ११ रुपैयाँ दिइने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया