जिल्ला समन्वय समितिलाई बेरुजु फछ्र्यौट पठाउन निर्देशन

विदुर खबर २०७६ असार २१ गते १४:५१

नुवाकोट असार २१, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जिल्लाका जिल्ला समन्वय समितिलाई वेरुजु रकम फछ्र्यौटको विवरण पठाउन निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले आर्थिक वर्ष २०६९÷७० को तत्कालीन १८ वटा जिल्ला विकास समितिको बेरुजु रकम फछ्र्यौट अहिलेसम्म नगरेकोले फछ्र्यौट गरी पठाउन निर्देशन दिएको बताउनुभयो । बाँके, कैलाली, गुल्मी, कालीकोट, डडेल्धुरा, बैतडी, धादिङ, अर्घाखाँची, रुपन्देही, काठमाडौँ, मुगु, सुर्खेत, धनुषा, उदयपुर, सङ्खुवासभा, महोत्तरी, दैलेख र जाजरकोट जिल्ला समन्वय समितिलाई तत्कालीन समितिको बेरुजु रकम फछ्र्यौट गरी पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।

तत्कालीन जिल्ला विकास समितिले बिल भरपाई बिना नै रु १७ करोड ३० लाख खर्च गरेका थिए । आर्थिक वर्ष २०६९÷७० को महालेखा परीक्षकको ५०आँै वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम उल्लेख गरिएको थियो । अहिलेसम्म पनि ती रकम साविक जिल्ला विकास समितिले कुन कुन शीर्षकमा कसरी खर्च गरेको हो ? सो मध्ये कति बेरुजु असुलउपर भयो के कति रकम सम्परीक्षण भई फछ्र्यौट भयो भन्ने जानकारी अहिलेसम्म मन्त्रालयलाई नदिएकाले पठाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया