शिशुलाई लगाउने पाउडर खतरनाक हुन सक्छ

विदुर खबर २०७४ फागुन २३ गते १०:४६

आँखाले देख्ने सबै चिजलाई हामी सजिलै विश्वास गर्छौ । यही मनस्थिती भएकोले विज्ञापनदाताहरु यसबाट फाइदा उठाउन पुग्छ । टिभि, पत्रपत्रिका र विभिन्न साईवोर्डबाट दिइने अनेक थरीका प्रोडक्सहरुको विज्ञापन देखेर हामी लोभिन्छौ र किन्छौ ।

Advertisement

विज्ञापनमा देखाएको सबै वस्तु राम्रो हुन्छ भन्ने पनि छैन त्यसैले कुनै पनि सामान किन्दा सावधानी अपनाउने पर्ने हुन्छ । शिशुहरुलाई लगाइने बेबी पाउडर पनि एक हो ।

कति सुरक्षित छन् बेबी पाउडर

Advertisement

बाल रोग विशेषज्ञका अनुसार टेलकम पाउडरको प्रयोग सुरक्षित छन् तर यसको सहि तरिकाले प्रयोग गर्न नजानाले यसको प्रयोगबाट खतरा निम्त्याउने डर भने हुन्छ । टेलकम पाउडर अर्थात् बेबी पाउडर टैल्क नामको खनिजलाई पिसेर बनाएको हुन्छ ।

धेरै महिनासम्म पिस्ने भएकोले यो सानो सानो कणमा परिवर्तन हुन्छ र यसलाई शरीरमा लगाउनाले चिप्लो महशुस हुन्छ । बेबी पाउडरको प्रयोगबाट खासै नोक्सानी हुदैन यदि छाला संवेदनशील छैन भने ।

Advertisement

कस्तो समस्या हुन सक्छ

आकर्षक सुगन्धले भरेको टेलकम पाउडर जब शिशुको शरीरमा लगाउछ तब माइक्रो पार्टिकल्स अर्थात् सानो सानो कणहरु मुख वा श्वासको माध्यमबाट शिशुको शरीरमा प्रवेश गर्छ । श्वासबाट तानेको यी कणहरु श्वास नलीमा जान्छ । लगातार प्रयोगले यी कणहरु श्वास नली जम्मा हुन जान्छ ।

जसले गर्दा शिशुको श्वास र फोक्सोसँग सम्बन्धित गम्भीर रोग लाग्ने खतरा हुन्छ । शिशुहरुको अंग धेरै नाजुक हुने भएकोले रोग प्रतिरोधनको क्षमता हुँदैन जसले गर्दा शिशुको वायुकोषमा पोल्न थाल्छ र श्वास फेर्न कठिनाइ हुन सक्छ ।

श्वास फेर्नमा समस्या

यसको अधिक मात्रामा प्रयोगले शिशुलाई मात्र होइन वयस्कहरुलाई पनि यसको सम्पर्कबाट समान रुपले समस्या उत्पन्न हुन सक्छ । बेबी पाउडरको सानो सानो कणहरु शरीरमा प्रवेश गर्ने बेलामा म्युकसमा तासेर बसेको हुन्छ ।

जसले नुनको मात्रालाई सोसेर लिएको हुन्छ । यसले शिशुलाई मात्र होइन यसको सम्पर्क आउने वयस्कलाई पनि श्वास फेर्नमा समस्या आउन सक्छ । श्वास फेर्न कठिनाईले गर्दा शिशुको मृत्यु पनि हुने सम्भावना बढ्न थाल्छ ।

सुरक्षित अपनाउने तरिका

तपाईं पनि आफ्नो शिशुको शरीरमा यस्तै बेबी पाउडर लगाउनु हुन्छ भने अब त्यसलाई प्रयोग गर्ने तरिकामा परिवर्तन ल्याउनु अति आवश्यक छ । पाउडरको बट्टाबाट सिधै छर्कनु भन्दा आफ्नो हातमा राखेर र मलेर मात्र शिशुको शरीरमा विस्तारै विना थपथप गर्दै लगाउनु होला । साथै यी कुरामा पनि ध्यान दिनुहोला ।

– शिशुलाई कहिले पनि पाउडरको बट्टा खेल्नको लागि नदिनु होला ।

– भिजेको शरीरमा पाउडरका कणहरु टाँसिने भएकोले कहिले पनि भिजेको शरीरमा पाउडरको प्रयोग नगर्नुहोला ।

– डाइपरको रेशजबाट बच्नको लागि बच्चाको तिघ्रामा पनि लगाउनु होला तर कम मात्रामा ।

– बच्चाको प्राइभेट पाट्र्समा कहिले पनि प्रयोग नगर्नु, विशेष गरि छोरीलाई । किनकि यसले ओवरियन क्यान्सर रोग लाग्ने खतरा हुन्छ ।

– खतिराको पाउडर डाक्टरको सल्लाह लिएर मात्र लगाउनु होला ।

– शिशुको अनुहारमा यसको प्रयोग नगर्नु नै वुद्धिमानी अपनाउनु हो, गर्नै परेमा पनि कम मात्र लगाउनु होला ।

– पाउडर प्रयोग गर्नलाई पफको प्रयोग नगर्नु होला । किनकि यसको प्रयोगबाट हावामा बढी मात्रामा पाउडर उड्न सक्छ । यसको प्रयोगले पाउडरका कणहरु शरीरमा सजिलै प्रवेश गर्छ ।

प्रतिक्रिया