सुर्यगढीको फलाटेमा कुकुर आतंक, पाँचजना घाईते
विदुर खबर
२०७६ असार २० गते ८:३४


कुकुरले टोकेपछि घाउ देखाउँदै घाईते गोमा बि.क।
नुवाकोट असार २०, सुर्यगढी गाउँपालिका वडा नम्बर ३ फलाटेमा कुकुरले आंक मच्चाएको छ ।
दुई दिनयता कुकुरले टोकेर ५ जना स्थानियबासीलाई घाईते बनाएको स्थानियबासी होमप्रसाद अधिकारीले जानकारी दिए । घरमा चुप लागेर बसेको वेला समेत आफुहरुलाई कुकुरे टोक्न आएको घाईते गोमा विश्वकर्माले बताइन । कुकुरको टोकाईबाट फलाटेका गोमा विक,कृष्णमान तामाङ लगायत छन भने अन्य तीनजनाको नाम खुल्न सकेको छैन ।
त्यस्तै कुकुरको टोकाईबाट घाइते भएकी स्थानिय डिलबहादुर तामाङकी छोरीको भने नुवाकोटमा उपचार हुन नसकेपछि काठमाण्डौ लगिएको स्थानियबासीले बताएका छन । उनीहरुलाई टोकेको कुकुर भने विरामी रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया