साहित्यकार श्रेष्ठलाई सरस्वती साहित्य पुरस्कारबाट सम्मान गरिने

विदुर खबर २०७६ असार २० गते ७:२०
फोटो साभार डबलीखबर

                                                                          फोटो साभार डबलीखबर

नुवाकोट असार २०, नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा साहित्यकार श्रीराम श्रेष्ठलाई सरस्वती साहित्य पुरस्कार २०७६ बाट सम्मानित गरिने भएको छ ।

Advertisement

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले भानु जयन्तीको अवसरमा असार २९ गते उनलाई सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । नेपाली भाषा,साहित्यमा उच्च योगदान गरेको भन्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो । साहित्यकार श्रेष्ठको ट्राफिक जाम, जीवन र विज्ञान, जिजिविषामा बाँच्ने मान्छेहरु, चिनारी, नुवाकोटको जनजीवन एक अध्ययन, केराको थाम, अनुभूति अनेक, भूकम्पको चाङ, रुखकटहर, गोरुजुधाई, आत्तिएको सडक, आगोको लप्का लगायतका कृतिहरु प्रकाशित छन् ।

यसअघि उनी बीडी त्यागी साहित्य सम्मान, मातृभूमी साहित्य सम्मान, ज्योति, दाङ साहित्य सम्मान, अन्तर्रा्ष्ट्रिय साहित्य सम्मान, बिष्णुपुष्प साहित्य सम्मान, भानुभक्त आचार्य स्मृति सम्मान, मुरारीदेवी स्मृति सम्मान, भक्तबहादुर घले जनजाती पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र साहित्य सम्मानबाट सम्मानित भइसकेका छन । उनले कविता, हाईकु, ताङका, सिजो, मुक्तक गीत, लघुकथा, समीक्षा, समालोचना, यात्रा स्मरण, निबन्ध, अनुसन्धानमुलक विधामा कलम चलाएका छन् । साहित्यकार श्रेष्ठको जन्म २०३१ साल असार २४ गते नुवाकोट विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा भएको थियो ।

Advertisement

प्रतिक्रिया