पन्चकन्या गाउँपालिकाको आँपचौरमा निशुल्क स्वास्थ्य शिविर
विदुर खबर
२०७६ असार १९ गते ७:३७

नुवाकोट असार १९, नुवाकोटको पन्चकन्या गाउँपालिमा बिहीबार एक दिने निशुल्ल स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा पन्चकन्या गाउँपालिका वडा नम्बर १ को समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्बर १ का वडाअध्यक्ष मणि लामिछानेले जानकारी दिए ।
गाउँपालिकाका वृदवृद्धा र अशक्तहरुलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जर्नादन शिलवालले बताए । यसअघि स्वास्थ्य कार्यालयको आयोजनामै किस्पाङ गाउँपालिकामा समेत स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया