धुर्मुस-सुन्तली फिल्म बनाउँदै,निर्देशकमा रामबाबु
विदुर खबर
२०७६ असार १९ गते २:०७
नुवाकोट असार १९, चर्चित हास्य कलाकार धुर्मुु सुन्तलीले अब फिल्म बनाउने भएका छन । उनीहरुले निर्माण गर्न लागेको फिल्मको लागि निर्देशक समेत चयन गरिसकेका छन । फिल्मको निर्देशकको जिम्मा रामबाबुलाई दिइएको छ ।
एक समय टेलिभिजनको दुनियाँमा बलियो साम्राज्य बनाएको जोडी हो- सिताराम कट्टेल र कुञ्जना घिमिरे । हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ मा लामो समय दुईले ‘धुर्मुस-सुन्तली’ को भूमिकामार्फत् दर्शक रिझाए । वि.सं २०७२ को महाभूकम्पपछि अभिनयबाट दूरी बनाएर उनीहरु समाजसेवामा लागे । चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका ‘रियल कपल’ हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् ।
समाजसेवामा होमिएपछि सिताराम र कुञ्जना न टेलिभिजनको पर्दामा देखिएका छन् न त फिल्ममा नै । सामाजिक कार्यसँगै अभिनयलाई पनि निरन्तरता दिन दर्शक र चलचित्रकर्मीहरुको आग्रहपश्चात् दुई केही समययता फिल्म निर्माणको तयारीमा छन् । स्क्रिप्ट लेखनको सुरुवाती चरणमा फिल्मको नाम ‘एन्टीभाइरस’ राखिएको थियो । पछि ज्योतिषीले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि फिल्मको नाम ‘सेन्टीभाइरस’ बनाइएको जानकारी प्राप्त छ । गत वर्ष सिताराम आफ्नो जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा थिए । तर, निर्देशक र कलाकार फाइनल नभएका कारण थाती राखे । यसपछि सिताराम र कुञ्जना क्रिकेट रंगशाला निर्माणमा लागे र फिल्म निर्माण थन्कियो । अब भने दुईले फिल्म निर्माणलाई अगाडि बढाएका छन् । यसअघि कुञ्जना स्वयंले निर्देशन गर्ने चर्चा भएको फिल्ममा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको प्रवेश भएको छ ।
केही दिन अगाडि ‘धुर्मुस-सुन्तली’ ले निर्देशकको रुपमा फिल्ममा रामबाबुलाई अनुबन्ध गरेको गोप्य स्रोतले जानकारी दिएको छ । यस विषयमा निर्माण टिमले भने कुनै जानकारी दिएको छैन । रामबाबुले आफ्नो पाइपलाइनमा रहेको फिल्म भ्याएपछि यो फिल्म गर्ने सम्झौता भएको स्रोत बताउँछ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ को प्रमुख भूमिका रहनेछ । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । तर, उनले गर्ने/नगर्ने तय भएको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया