ओली–प्रचण्डबीच वार्ता आज पनि, एकताको मोडालिटी टुंग्याउने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि शीर्ष (वान टु वान) वार्ता हुने भएको छ ।
दिउँसो बस्ने दुई अध्यक्षको दुई पक्षीय वार्ताले पार्टी एकताको ढाँचा टुंग्याउने बताइएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठक बस्ने निधो भए पनि समय टुंगो नलागिसकेको जानकारी दिए ।
पार्टीको नेतृत्व दुवैले, सरकारको नेतृत्व आलोपालो
सोमबारको छलफलमा पार्टीको नेतृत्व दुवैले गर्ने र सरकारको नेतृत्वका आलोपालो गर्न दुवै नेता सहमत भएको बताइएको छ । त्यस्तै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्न पनि दुवै अध्यक्ष तयार भएका छन् ।
आजको बैठकले तिनै विषयलाई अन्तिम रूप दिने र बुधबार पार्टी एकता संयोजन समितिको बैठक बसेर एकतालाई निष्कर्षमा पु¥याउने विषयमा गृहकार्य भइरहेको एमाले नेताहरूले जानकारी दिएका छन् ।
सरकार गठन, मन्त्रालयको भागवण्डासमेतलाई पार्टी एकतासँगै टुंग्याएर जानुपर्नेमा दुवै अध्यक्ष तयार देखिएका छन् ।
प्रतिक्रिया