सर्वोच्चद्वारा लोक सेवाको विज्ञापन रोक्न अस्वीकार
विदुर खबर
२०७६ असार १६ गते १३:४३

नुवाकोट असार १६, सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सोमबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आइतबारदेखि गरेको सुनुवाईपछि यस्तो आदेश गरेको हो। सर्वोच्चको यो आदेशपछि अव लोकसेवा आयोगले गरेको विज्ञापनले वैधता पाएको छ। आइतबार पक्षका कानुन व्यवसायीले मात्र बहस गर्न सकेको र सरकारका तर्फवाट प्रतिरक्षा हुन नसकेपछि हेर्दाहेर्दै राखिएको थियो। सोमबार दुवै पक्षको कुरा सुनेपछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
सम्बन्धित
प्रतिक्रिया