जनता बैंकद्वारा एकै दिन ६ स्थानमा शाखा बिस्तार

विदुर खबर २०७६ असार १६ गते ११:१८

नुवाकोट असार १६, जनता बैंक नेपाल लिमिटेडले सोमबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ ।

Advertisement

नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखे । यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन्

यसैबीच, तनहुँको डुमेमा शाखा उद्घाटनसँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविरपनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २००जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया