आज धान दिबस,तुप्चेमा रोपाईं महोत्सव आयोजना गरिँदै

विदुर खबर २०७६ असार १५ गते २:०३

नुवाकोट असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५,धान दिवस र रोपाईं महोत्सव नुवाकोटमा पनि विविध कार्यक्रम गरि मनाइँदै छ ।

Advertisement

१६ औँ धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको तुप्चेमा १६ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवको आयोजना गरिएको छ । बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको साबीम कृषी सहकारी संस्था लिमिटेडले दिवसका अबसरमा धान दिबस तथा रोपाई महोत्सव आयोजना गरेको हो ।

जिल्ला कृषी बिकास कार्यालयका नुवाकोटका बरिष्ठ कृषी बिकास अधिकृत डा. कमलराज गैरेले नेपालमा कुल १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने सरकारी तथ्यांक रहेको बताउदै नुवाकोटमा चैतेधान सहित कुल २१ हजार २ सय ८२ हेक्टर जमिनमा धान खेती गर्ने गरेको बताए । । डाक्टर गैरेले नुवाकोटमा ९० हजार ८ सय १४ मेट्रिक टन धानको उत्पादन रहेको र ४ दशमलब २८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको बताए ।

Advertisement

प्रतिक्रिया