नुवाकोटमा रााष्ट्रिय वृक्षारोपण दिवस मनाईयो
		
	 
 नुवाकोट असार १५, “एक नागरिक एक फलफुल रोपण अभियान” भन्ने नाराका साथ डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा शनिबार जिल्लाको विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि रााष्ट्रिय वृक्षारोपण दिवस मनाइएको छ ।
सामुदायिक वन उपभोत्ता महासंघ नुवाकोट र वाराही सामुदयिक वन उपभोत्ता समुह विदुर नगरपालिका वडा नम्बर २ को सहयोगमा बट्टारमा रहेको सुभेनियर बोर्डिङ स्कुलमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । वृक्षारोपण कार्यक्रमको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले सबै क्षेत्रलाई हरियाली बनाउने र विश्व वातावरणलाई सन्तुलन कायम गर्न वृक्षारोपण कार्याक्रम प्रभावकारी हुने बातए । उनले देशको वातावरणीय अवस्थालाई सन्तुलन कायम गर्न वृक्षारोपण प्रभावकारी हुने बताए । उनले प्रत्येक नेपाललीले आफ्नो घरवरपर वृक्षारोपण गरि वातावरण सन्तुलनमा ल्याउन सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जय मगंलले फलफुलमा विदेशमिा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले फलफुलको विरुवा रोप्ने अभियान यो वर्षबाट शुरु गरेको बताए । उनले साताव्यापी रुपमा आयोजना गरिने वृक्षारोपण कार्यक्रममा सबैले आफ्नो–आफ्नो घर,कार्यालयमा फलफुल रोपेर साताव्यापी कार्यक्रम सफल बनाउन आग्रह गरे । वृक्षारोपण दिवस अन्र्तगत शनिवार जिल्लाको विभिन्न स्थानमा आँप, लिचि, एभोग्याडो, अनार,कटहर लगायत ५ सयभन्दा बढी फलफुलको विरुवा रोपिएको डिभिजन वन कार्यालय नुवाकोटका सुचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए । रााष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय नुवाकोटले सबैलाई घरघरमा वृक्षारोपण गरि साताव्यापी कार्यक्रम मनाउन सकेत आग्रह गरेको छ ।
 वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगर,रााष्ट्रिय अनुसन्धान आयोगमा प्रमुख धिरज वानियाँ, जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया